सञ्जुविक्रमले गण्डकी प्रदेशबाट टाइगर कप खेल्ने

पाेखरा | माघ ११, २०८१

सञ्जुविक्रमले गण्डकी प्रदेशबाट टाइगर कप खेल्ने

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता खेल्ने गण्डकी प्रदेशको टोली घोषणा भएको छ । गण्डकी भलिबल संघले ३ विदेशीसहित १२ खेलाडीको घोषणा गरेको हो । 


टोलीमा विदेशी खेलाडीको रुपमा ट्युनिसियाका फाहिम मिलाडी, कंगोका यानिक सेशा र भारतका रोमन कुमार छन् । यसअघि केन्याका निकोशल मातुयी ल्याउने तय भएपनि अन्तिम समयमा उनको ठाउँमा भारतका रोमनलाई ल्याइएको प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।


गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि हो । यसपटक टाइगर कपमा सञ्जुविक्रम शाह गण्डकीको टोलीमा फर्किएका छन् । सञ्जुले केही समय गण्डकीको कप्तानी गरेका थिए । 


पछिल्लो समय हेल्प नेपालबाट खेल्दै आएका उनी टाइगर कपमा गण्डकीमा फर्किएका हुन् । सञ्जुसँगै गण्डकीको टोलीमा हरि पाण्डे, विवश आले, सन्तोष विक र इन्द्र विक समावेश छन् । यस्तै नरबहादुर सुनार, हिमाल सुनारी, विश्वास अधिकारी र कुञ्जन शाहीले पनि गण्डकीको टोलीबाट खेल्दैछन् । टोलीको प्रशिक्षक रमेश केसी छन् । 


शनिबारबाट सुरु हुने पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन विदेशी खेलाडी तथा टोली पोखरा आइरहेका छन् । 
 
 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्